सरोज गोपालको सम्झनामा गुञ्जदै ‘देउराली उकाली चढेर...’
पाेखरा | भदौ २१, २०७९
पोखरा : पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरूका सङ्कलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा साङ्गीतिक साँझ गर्न लागिएको हो ।
आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर... नक्कलीलाई भगाई लग्यो झिल्केले.. , सँइको घर कहाँ हो कहाँ...करोडौँ मुटुहरुको ढुकढुकी...जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो ।
सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा बाबा राणा, तारा थापा, रामभक्त जाेजिजु,कर्ण दास, विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायतकाे स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ ।
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिस...

